
कञ्चनपुर: कृष्णपुर नगरपालिका–२, वाणी बजारस्थित मेनरोड मै रहेको वाणी अस्पताल प्रा.लि. ले विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा प्रदान गर्ने भएको छ। अस्पतालले सार्वजनिक गरेको सूचना अनुसार २०८३ भदौ ६ गते शनिबार बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म वाणी हस्पिटलमै विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य जाँच तथा परामर्श सेवा उपलब्ध गराइनेछ।

उक्त स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन डा. सरोज श्रेष्ठ र ल्याप्रोस्कोपिक तथा जनरल सर्जन डा. आशिष जोशी ले बिरामीको स्वास्थ्य जाँच तथा आवश्यक परामर्श दिने अस्पताल प्रशासनले जनाएको छ।
डा. श्रेष्ठले पेट, छाती तथा मुटुसम्बन्धी समस्या, मधुमेह, थाइराइड, कलेजो तथा पाचनसम्बन्धी समस्या लगायतका रोगको जाँच तथा उपचारसम्बन्धी परामर्श दिनेछन्। त्यस्तै, डा. जोशीबाट हर्निया, पित्तथैलीमा भएको पत्थरी, एपेन्डिक्स, महिलाको स्तनमा भएको गाँठो, अण्डकोषमा दुखाइ वा भारी महसुस हुने समस्या, पाइल्स, फिस्टुला, फिसर, हाइड्रोसिल, शरीरमा भएका गाँठागुठी तथा छालामा मासु पलाउने समस्या लगायतका विषयमा जाँच तथा परामर्श दिइनेछ।


अस्पतालले पेट दुख्ने, पोल्ने, भोक नलाग्ने, कब्जियत, दिसामा रगत देखिने, छाती दुख्ने वा सास फेर्न गाह्रो हुनेलगायतका समस्या भएका सेवाग्राहीलाई स्वास्थ्य जाँचका लागि उपस्थित हुन आग्रह गरेको छ।
वाणी अस्पताल प्रा.लि ले पायकपर्ने समस्त आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेत स्वास्थ्य जाँच गराई लाभ लिन अनुरोध गरेको छ। साथै, अस्पतालमा प्रत्येक दिन २४ घण्टा दक्ष तथा अनुभवी MBBS चिकित्सकबाट उपचार तथा परामर्श सेवा उपलब्ध रहेको छ, वाणी अस्पताल लामो समयदेखी कृष्णपुर का नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिईरहेको छ। विगतमा देखतभुली रोडमा रही सेवा दिईरहेको वाणी अस्पताल हाल नयाँ व्यवस्थापन का साथ पुर्व रोड वाणी बजार राजमार्ग बाट सेवा दिईरहेको छ, भाद्र महिनाको दोस्रो र चौथो शनिवार निशुल्क USG (अल्ट्रासाउन्ड) र RBS (रक्तमा चिनी जाँच) निःशुल्क गरिने साथै आगामी दिनहरुमा थप सुविधा सहित स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालका प्रबन्ध निर्देशक वसन्त जोशीले बताए।
































