
घरेलु तथा साना उद्योग कार्यालय बझाङले आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा ४ लाख ६७ हजार ४ सय ५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

कार्यालयका अनुसार उद्योग र वाणिज्य दुवै क्षेत्रतर्फ गरी विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको हो। साउन महिनामा उद्योगतर्फ २६ वटा नयाँ दर्ता र ३६ वता नवीकरण भएका छन् भने वाणिज्यतर्फ १४ वटा नयाँ दर्ता र २०३ वटा नवीकरण भएका छन्।

यस अवधिमा उद्योगतर्फ १३ वटा र वाणिज्यतर्फ ६ वटा फर्म खारेजीमा परेका छन्। त्यसैगरी, नामसारी, ठाउँसारी, नाम परिवर्तन, प्रतिलिपि र पूँजी वृद्धि लगायतका प्रशासनिक कार्यहरूबाट समेत राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मान बहादुर धामीले बताउनुभयो ।

































