
प्राकृतिक विपत्तिमा परेका बाढीपीडित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि साहित्यिक संस्था मुक्तकालय नेपालले एक लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले आफ्नो कोष तथा कार्यसमितिका सदस्यबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ।

सहयोग रकममध्ये मुक्तकालय नेपालको कोषबाट ३० हजार रुपैयाँ र निलाञ्जला भारद्वाज, योगराज आचार्य, देवी बसकोटा, कमला घिमिरे अधिकारी, सौरब, प्रचण्ड गौतम र सुनिल अधिकारीले १०–१० हजार रुपैयाँ योगदान गरेका छन्।

विपत्तिको कठिन घडीमा पीडित नागरिकको राहतका लागि सहयोग जुटाउने कार्यमा साथ दिने कार्यसमिति सदस्यहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ। साहित्यिक क्षेत्रबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यो सहयोगले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको सकारात्मक सन्देश दिएको संस्थाले जनाएको छ।































