विपत्तिमा साहित्यकारहरूको विशाल हृदय : बाढीपीडितलाई मुक्तकालय नेपालको एक लाख सहयोग

Image
Nisarga Hospital

प्राकृतिक विपत्तिमा परेका बाढीपीडित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि साहित्यिक संस्था मुक्तकालय नेपालले एक लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले आफ्नो कोष तथा कार्यसमितिका सदस्यबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ।

CP Hospital Dhangadhi

सहयोग रकममध्ये मुक्तकालय नेपालको कोषबाट ३० हजार रुपैयाँ र निलाञ्जला भारद्वाज, योगराज आचार्य, देवी बसकोटा, कमला घिमिरे अधिकारी, सौरब, प्रचण्ड गौतम र सुनिल अधिकारीले १०–१० हजार रुपैयाँ योगदान गरेका छन्।

विपत्तिको कठिन घडीमा पीडित नागरिकको राहतका लागि सहयोग जुटाउने कार्यमा साथ दिने कार्यसमिति सदस्यहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ। साहित्यिक क्षेत्रबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यो सहयोगले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको सकारात्मक सन्देश दिएको संस्थाले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur