भोटेकोशी बाढीपीडितको उपचार तथा राहतका लागि जयपृथ्वी अस्पतालको ५५ हजार ५५५ सहयोग

Image
Nisarga Hospital

बझाङः भोटेकोशी बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचार, उद्धार र राहतका लागि जयपृथ्वी अस्पताल प्रा.लि.ले ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

CP Hospital Dhangadhi

अस्पतालले कनेक्ट आईपीएसमार्फत रकम हस्तान्तरण गर्दै विपद्को कठिन समयमा पीडित नागरिक र सरकारको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ। अस्पतालले स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।

अस्पतालकी अध्यक्ष रुपा रेग्मीले ‘मानवता नै हाम्रो धर्म, सेवा नै हाम्रो कर्म’ भन्ने भावनासहित विपद्मा परेका, विपन्न, गरिब तथा असहाय नागरिकलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताइन्।

nawajiwan
Attariya Hospital

अस्पतालले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैलाई सहयोग, सहकार्य र सद्भावका साथ अघि बढ्न आग्रहसमेत गरेको छ।