कृष्णपुर–२ मा विपद्सम्बन्धी सामुदायिक संवाद कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

कञ्चनपुर : नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरको आयोजनामा जलवायु उत्थानशील समुदाय (CRC) परियोजना अन्तर्गत कृष्णपुर नगरपालिका–२ को वडा कार्यालयमा शुक्रबार विपद्सम्बन्धी सामुदायिक संवाद कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

मर्सीकोर, क्लाइमेट रेसिलियन्स एलायन्स र कृष्णपुर नगरपालिका–२ को समन्वयमा आयोजित कार्यक्रममा बन्द नदी नयाँबस्ती, खल्लागोठ–मछेली नदी र अठन्नीफाटा–बनरा नदीका तीनवटा सामुदायिक विपद् व्यवस्थापन समिति (CDMC) का पदाधिकारी, स्थानीय बासिन्दा, सामुदायिक पैरवी अभियन्ता, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वडा अध्यक्ष अर्जुन सिंह साउद प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै वडा सदस्य, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

nawajiwan
Attariya Hospital

कार्यक्रममा विपद् जोखिम पहिचान, पूर्वतयारी, प्रतिकार्य तथा विपद् व्यवस्थापनका लागि बजेट र आगामी योजनाबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागी समुदायले विपद् व्यवस्थापनका लागि स्थानीय तहले कम्तीमा ५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन्।

वडा अध्यक्ष साउदले विपद्का समयमा तत्काल उद्धारका लागि वडाले जेसीबी भाडामा लिएर तयारी अवस्थामा राखेको बताए। उनले भने, “विपदमा हामी चनाखो बन्छौ। उद्धारका लागि जेसीबी भाडामा लिएर स्ट्यान्डबाइ राखेका छौँ।” जुनसुकै समयमा पनि जनताकै सेवामा छौ।

कार्यक्रममा NNSWA को CRC परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत गोविन्द नारायण उपाध्यायले कार्यक्रमको प्रस्तुतिकरण र फिल्ड सहायक अधिकृत रिमा खनालले कार्यक्रममा सहजीकरण गरेका थिए।