
कञ्चनपुर: रसुवा, नुवाकोट, गोर्खा, धादिङ, चितवनलगायत जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शिखरदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महेन्द्रनगर कञ्चनपुरले दुःख व्यक्त गरेको छ।

सहकारीले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यमा जुट्न सबैमा अपिल गरेको छ।


विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहकारीले रु. ५५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत दिनेश सिंह महराद्वारा जारी अपिलमा संस्थाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको विवरण सार्वजनिक भएका छन्।
































