
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, पहरियाका एक बालकको बुधबार मृ!त्यु भएको छ। कृष्णपुर–१ सुन्दरीफाँटा स्थित श्री रौलेश्वर एजुकेसनल एकेडेमीमा कक्षा ५ मा अध्ययनरत, ११ वर्षीय रोहित बोहराको मृ*त्यु भएको हो।

विद्यालयमा बिदापछि सञ्चालन भइरहेको अतिरिक्त कक्षाका क्रममा बोहरा अचे,त/बे!होस भएपछि उपचारका लागि कृष्णपुर नगरपालिका–२, वाणीस्थित वाणी हस्पिटल प्रा.लि मा पुर्याइएको विद्यालयका प्रिन्सिपल भीम बहादुर खड्काले जानकारी दिए। वाणी हस्पिटल का अनुसार बोहरालाई बुधबार साँझ ४ः३७ बजे अस्पताल पुर्याउँदा नै मृ!त्यु भइसकेको थियो। वाणी हस्पिटलका चिकित्सक डा. रामकृष्ण यादवका अनुसार बालकलाई मृ’त अवस्थामा (De!ath on Arrival) अवस्थामा अस्पताल ल्याइएको जनाएका छन्।

घ!टनापछि ईलाका प्रहरी कार्यालय झलारी का प्रहरी निरिक्षक कञ्चन राजचलको नेतृत्वमा आएको प्रहरी टोलिले वाणी अस्पतालमै मुचुल्का तयार गरी बालकको श!व परिक्षण पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएको छ। बालकको मृ!त्युको कारण भने तत्काल खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ।
































