भोटेकोशी बाढीपीडितका लागि छिमेक लघुवित्तको ४१ लाखभन्दा बढी सहयोग

Image
Nisarga Hospital

काठमाडौं:भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।

CP Hospital Dhangadhi

संस्थाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

संस्थाका अनुसार ३० लाख रुपैयाँ संस्थागततर्फबाट तथा कर्मचारीबाट संकलित ११ लाख ३९ हजार ७ सय ५२ रुपैयाँ गरी कुल ४१ लाख ३९ हजार ७ सय ५२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

nawajiwan

कर्मचारीको समेत योगदान समेटेर जम्मा गरिएको उक्त रकम अक्षरेपी एकचालीस लाख उनन्चालीस हजार सात सय बाउन्न रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

Attariya Hospital

बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका नागरिकप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरू सकुशल फेला परून् भन्ने कामना गरेको छ ।

विपद्को कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको छिमेक लघुवित्तले जनाएको छ । सरकारले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा समेत निरन्तर सहयोग गर्ने संस्थाको भनाइ छ ।