डोटीमा भालुको आक्रमणबाट एक वृद्ध घाइते

Image
Nisarga Hospital

डोटी: डोटीमा भालुको आक्रमणमा परी एक वृद्ध घाइते भएका छन् ।
पुर्वीचौकी गाउँपालिका २ वाडीका अन्दाजी ६३ वर्षीया दान बहादुर ओली भालुको आक्रमणमा परी घाइते भएका हुन् ।

CP Hospital Dhangadhi

जङ्गली जनावरबाट बालीनालीको रेखदेख गर्न खेतमा बनाइएको पहरामा श्रीमती सहित रातभर कुरेका ओलीलाई घर फर्कने क्रममा विहीबार बिहान करिब साढे ५ बजेतिर भालुले आक्रमण गरेको हो । उनकी श्रीमती पहरामै रहेको र दान बहादुर गाई दुहिन घर आइरहेको बताइएको छ ।

Attariya Hospital

उनको पेटमा र दायाँ खुट्टामा गम्भीर चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइदैछ ।
गाउँबाट स्ट्रेचरमा सडकमा ल्याइएको र एम्बुलेन्समार्फत अस्पताल ल्याउदै गरेको स्थानीय भारतोली माध्यमिक विद्यालयका शिक्षक भागरथी मडैले जानकारी दिइन् ।

nawajiwan