
डोटी: डोटी उद्योग वाणिज्य संघको २२ औं साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित भएका छन्।
निर्वाचनमा शाहले २८० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।
अध्यक्ष पदमा वीरेन्द्र शाहले २८० मत प्राप्त गर्दा दीपकबहादुर खड्काले २११, प्रेम भण्डारीले १९७ र इन्द्रबहादुर कुँवरले ९२ मत प्राप्त गरेका छन्। नव निर्वाचित अध्यक्ष शाहले यसभन्दा पहिले पनि दुई कार्यकाल संघको अध्यक्ष सम्हालेका थिए ।

वरिष्ठ उपाध्यक्षमा दीर्घबहादुर साउदले ३५२ मत प्राप्त गरी निर्वाचित हुँदा लोकबहादुर खड्काले २१० र चन्द्रराज पाठकले १८१ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपाध्यक्ष (उद्योग) मा रमेश बोहराले ३८६ मत प्राप्त गरि विजयी हुँदा नन्दराम भण्डारीले ३०७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष (वाणिज्य) मा लालबहादुर कठायतले २७९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने गणेश बोहराले २५६ र लोक बहादुर देउवाले १९८ मत पाएका छन् ।

महासचिवमा रोशन कठायत ३५० मतसहित विजयी भएका छन् भने जय बहादुर शाहीले १९५ र रमेश जोराले १९३ मत पाएका छन् ।
त्यस्तै कोषाध्यक्षमा प्रकाशबहादुर रावलले ४७१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने अमित अमात्यले २१८ मत पाएका छन् ।
सचिवमा दीपक कलेलले २६२ मत प्राप्त गरी विजयी भएका छन् भने नन्दन सिंह कार्कीले २५६ र पवित्रा कुमारी कुवरले २३५ मत प्राप्त गरेकी छन् ।
संघको साधारणसभा गत भाद्र २५ गते सम्पन्न भएको थियो भने निर्वाचन असोज ४ गते भएको हो । हिजो रातीबाट शुरु भएको मतगणनाको परिणाम आज सोमबार बिहान सार्वजनिक भएको हो ।
जम्मा १ हजार ३६ मतदाता रहेकोे निर्वाचनमा ७७५ मत खसेकोमा ७६९ मत मात्रै गणना गरिएको जनाइएको छ।
सदस्यमा भने यसभन्दा पहिले नै सर्वसम्मत चयन भैसकेको छ ।































