सेतीमा हाम फालेकी प्रियंकाको शव कर्णालीको मुलपानीमा भेटियो

Image
Nisarga Hospital

डोटीको दिपायल स्थित सेती नदीमा हाम फाली बेपत्ता भएकी दिपायल सिलगढी नगरपालिका ६ नाचन्थली, सिलगढीकी २२ वर्षीया प्रियंका श्रेष्ठको शव फेला परेको छ ।
उनको शव कैलालीको टीकापुर नगरपालिका–२, मुलपानीस्थित कर्णाली नदीको किनारमा फेला परेको हो ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो असोज ७ गते बिहान करिब ११ः१० बजे इलाका प्रहरी कार्यालय टीकापुरले कर्णाली नदीको किनारमा महिलाको शव फेला परेको जानकारी गराएको थियो। शव प्रियंकाको हुन सक्ने आशंकामा उनका आफन्तलाई जानकारी गराइएको थियो।

असोज ८ गते दिउँसो करिब २ः३० बजे घटनास्थलमा पुगेर बुझ्दा उक्त शव दिपायल सिलगढी नगरपालिका–६, नाचनथली निवासी श्रीचन्द्र श्रेष्ठकी २२ वर्षीया छोरी प्रियंका श्रेष्ठको रहेको पुष्टि भएको हो। मृतकका ठूला बुवा हेमचन्द्र श्रेष्ठले शवको सनाखत गरेको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus

प्रियंकाले आफ्नो जन्मदिनकै दिन दिपायल सिलगढी ३ स्थित झोलुङ्गे पुलबाट भाद्र ३० गते सेती नदीमा हाम फाली बेपत्ता भएकी थिइन्। त्यसपछि उनको खोजी भइरहेको थियो।

अहिले उनको शव टीकापुर अस्पताल, टीकापुरको शवगृहमा राखिएको र पोस्टमार्टम हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Dhnagadhi & Krishanapur