कृष्णपुरका ‘भोटेकोशी बाढीपीडित’ परिवारलाई हरियाली र ग्वासी समैजी सामुदायिक वनको आर्थिक सहयोग

Image
Nisarga Hospital

कञ्चनपुर: रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका नेपाली सेनामा कार्यरत हिक्मतबहादुर पाल र रमेशराज जोशीका परिवारलाई कञ्चनपुरका दुई सामुदायिक वन उपभोक्ता समूहले आर्थिक सहयोग गरेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा बस्ने हिक्मतबहादुर पाल र वडा नम्बर ५ मा बस्ने रमेशराज जोशीका परिवारलाई श्री ग्वासी समैजी सामुदायिक वन उपभोक्ता समूह र श्री हरियाली सामुदायिक वन उपभोक्ता समूहले जनही १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेका हुन्।

CP Hospital Dhangadhi

हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नित्यानन्द जेठाराका अनुसार हरियाली सा.व.ले दुवै परिवारलाई जनही १० हजार रुपैयाँका दरले कुल २० हजार रुपैयाँ सहयोग गरेको छ। त्यसैगरी, ग्वासी समैजी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयबहादुर कार्कीका अनुसार ग्वासी समैजिले पनि दुवै परिवारलाई जनही १० हजार रुपैयाँका दरले कुल २० हजार रुपैयाँ सहयोग गरेको छ। यसरी दुवै सामुदायिक वनबाट दुई परिवारले कुल ४० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नित्यानन्द जेठाराले विपद्मा परेका परिवारलाई सहयोग गर्नु आवश्यक रहेको बताए । उनले दुःखमा परेका व्यक्तिलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने र सामाजिक सेवाको भावनालाई निरन्तरता दिनुपर्ने बताए ।

त्यस्तै, ग्वासी समैजी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयबहादुर कार्कीले पनि दुःख र विपद्का बेला समस्यामा परेका परिवारलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताए । कार्कीले समाजमा एकअर्कालाई सहयोग गर्ने भावना विकास गर्नुपर्ने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

विपद्का कारण परिवारका सदस्य सम्पर्कविहीन हुँदा पीडामा रहेका परिवारलाई आर्थिक सहयोग गरेर दुवै सामुदायिक वन उपभोक्ता समूहले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।

Dhnagadhi & Krishanapur