डडेल्धुराको कटालमा सर्वाधिक धनराशिको भलिबल हुँदै, प्रथम पुरस्कार एक लाख ५१ हजार

Image
Nisarga Hospital

डडेल्धुराः डडेल्धुराको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–४ कटालमा सर्वाधिक धनराशिको खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।भागेश्वर माध्यामिक विद्यालय कटालको आयोजनामा सर्वाधिक धनराशि पुरुष र महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो।

CP Hospital Dhangadhi

विद्यालयको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए।

उनका अनुसार पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क पाँच हजार राखिएको छ।

nawajiwan

यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको छ। गतवर्ष प्रथमले एक लाख एक हजार एक सय ११, द्वितीयले ५० हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुपैयाँ पाएको थियो।

Attariya Hospital

खुल्ला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क तीन हजार तोकिएको छ। विद्यालयले महिला भलिबलतर्फ पनि पुरस्कार राशिमा दोब्बरभन्दा बढीले वृद्धि गरेको छ।

गतवर्ष प्रथम हुने टिमले ३० हजार एक सय ११ रुयैयाँ, द्वितीयले १५ हजार एक सय ११ र तृतीय हुने टिमले ८ हजार एक सय ११ रुयैयाँ पाएको थियो। यो जिल्लाकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हो। यसअघि जिल्लाका कुनै पनि विद्यालयले एक लाख ५१ हजार वा सोभन्दा बढी पुरस्कार धनराशि भलिबल गरेका छैनन्।

‘प्रतियोगिता नेपाली नागरिकले मात्रै खेल्न पाउनेछ, हामीले उत्कृष्ट विधागत पुरस्कारको रूपमा ट्रफी र प्रमाणपत्र दिनेछौँ,’ अध्यक्ष मालले भने, ‘सबै खेलप्रेम खेलाडीलाईहरू प्रतियोगितामा सहभागिता जनाइदिन हुन पनि अनुरोध गर्दछु।’

प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। माघ २ देखि ११ गतेसम्म कार्यालय समयभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। विद्यालय व्यवस्थापन समितिले प्रतियोगिता सञ्चालनका लागि सोमबार २ लाख २२ हजार ७ सय ४३ रुपैयाँ चन्दा संकलन गरेको छ।