डडेल्धुरामा एक सय ८० लिटर अवैध घरेलु मदिरा नष्ट

Image
Nisarga Hospital
डडेल्धुरा: डडेल्धुरामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको एक सय ८० लिटर अवैध घरेलु आइतबार दिउँसो नष्ट गरेको हो।
CP Hospital Dhangadhi
शनिबार साँझ ७ बजेतिर जिल्ला सदरमुकामस्थित बगरकोट रोडमा पसल गरी बस्ने शान्ति मगर र सोही ठाउँका बलदेव जोराको पसलबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।
nawajiwan
Attariya Hospital
उनका अनुसार शान्तिको पसलबाट १७५ लिटर र जोराको पसलबाट ५ लिटर घरेलु मदिरा बरामद गरिएको हो। आइतबार दिउँसो स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवर उक्त मदिरा नष्ट गरिएको इन्स्पेक्टर नायकले बताए। पछिल्लो समय प्रहरीले जिल्लाभर अवैध घरेलु मदिरा नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ।