डोटीमा छ महिना अवधीमा १ हजार २९२ सवारी साधन कारवाहीमा

Image
Nisarga Hospital

डोटी: डोटीमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ६ महिनाको अवधीमा मात्रै एक हजार २९२ सवारी साधन कारवाहीमा परेका छन् । गएको साउनदेखि पुस मसान्त अर्थात् आज आइतबारसम्म उक्त संख्यामा सवारी साधनहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी नायब निरिक्षक (सइ) सुरज बहादुर खड्काले नजर अनलाइनलाई जानकारी दिए ।

CP Hospital Dhangadhi

कारवाहीमा पर्नेमध्ये ९१५ वटा चार पाङ्ग्रे र ३७७ वटा दुइ पाङ्ग्रे सवारी साधन रहेको उनले बताए ।जसबाट ८ लाख १० हजार ५ सयको जरिवाना रसिद काटिएको छ । त्यसमध्ये पनि १ हजार १५३ वटा सवारी साधनबाट ७ लाख १८ हजार ५ सय राजश्व रकम दाखिला भैसकेको र १३९ वटा सवारी साधनको राजश्व संकलन गर्ने प्रक्रियामै रहेको जनाईएको छ ।विशेष गरी ओभर लोड, बिना इजाजत पत्रका, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका, सडक नियम उलंघन गरेका सवारी साधनहरु कारवाहीमा परेका छन् ।ट्राफिक नियमको पालना गराई सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी सजग भएर लागिरहेको सइ खड्काले दावी गरे ।

Attariya Hospital

चालु आ.व.मा सवारी दुर्घटना संख्या २०यसैबिच चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधीमा २० वटा सवारी दुर्घटना भएका छन् ।साउनमा ५, भदौमा १०, कार्तिकमा ४ र पुसमा १ गरी जम्मा २० वटा सवारी दुर्घटना रेकर्डमा रहेको जिल्ला ट्राफिक कार्यालय डोटी प्रमूख सइ खड्काले जानकारी दिए ।सम्भावित सवारी दुर्घटना न्यूनिकरणका लागि विशेष गरी चालक, सवारी धनी, सवारी सम्बन्धी समिति र यात्रु लगाएत सरोकारवाला सबैले सचेत हुनुपर्नेमा उनले जोड

nawajiwan