बझाङको सदरमुकाम चैनपुरमा गरीएको अनुगमका क्रममा उत्पादन मिती नराखेको चामल भेटीयो

Image
Nisarga Hospital

बझाङको सदरमुकाम चैनपुर बजारका होलसेल पसलहरुमा अनुगमन गरीएको छ । खाद्य तथा गुण नियन्त्रण बिभाग डडेल्धुराको आयोजनामा ,जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य सँघको सहभागीतामा सोमबार सँयुक्त अनुगमन गरीएको हो । होलसेल पसलबाट ग्रामिण भेगमा म्याद नाघेका सामगी्र बढी आउन थालेको गुनासो पटक पटक आउन थालेपछि सँयुक्त रुपमा अनुगमन गरीएको हो ।

CP Hospital Dhangadhi

अनुगमनको क्रममा दैनिक उपभोग हुने चामलमा उत्पादन मिती नराखि उपभोग मिति मात्र राखेको भेटीएको पाइएको छ । उपभोक्ताहरुको स्वास्थ्य सँग खेलबाड गर्ने कार्य गरेको पाइएकाले केहि होलसेल पसल बाट प्राप्त भएका उत्पादन मिती नराखि उपभोग मिति मात्र राखेका करिव दुइ सय वोरा चामल कम्पनिलाइ नै फेर्ता पठाइएको छ ।

Attariya Hospital

मिती नराखेको बारे उत्पादकलाई सोध्न खोज्दा मिती राख्न भुलेको जस्ता गैर जिम्मेवार जवाफ दिएको अनुगमन टोलिले जनाएको छ । यस सम्बन्धि छानविन गर्ने खाद्य तथा गुण नियन्त्रण विभाग डडेल्धुराले जनाएको छ । अनुगमनको क्रममा अन्य ११ हजार बराबरको सामाग्री नष्ट समेत गरीएको छ । उपभोक्ताहरुले सामान किन्दा मिती नहेरी किन्ने गरेकाले अनुगमन टोलिले सामान खरिद गर्दा मिति हरेर मात्र खरिद गर्न अनुरोध गरेको छ ।

nawajiwan