भुवनेश्वरी माविको वार्षिकोत्सव फागुन ५ गते, गाउँपालिका अध्यक्ष धामीले उद्घाटन गर्ने

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ५ खैरकोटमा रहेको श्री भुवनेश्वरी माध्यमिक विद्यालय खैरकोटले ४८ औँ वार्षिकोत्सव समारोह कार्यक्रम फागुन ५ गते भव्यताका साथ मनाउँने भएको छ । ४८ औँ वार्षिकोत्सव समारोह कार्यक्रम भव्यताका साथ मनाउँने भएको विद्यालयले जनाएको छ ।

वि.सं. २०३२ सालमा स्थापना भएकाे भुवनेश्वरी माध्यमिक विद्यालय ४८ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरूको साथमा वार्षिकोत्सव समारोह कार्यक्रम भव्यताका साथ मनाउँने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक बीरेन्द्र सिह धामी वीवेकले जानकारी दिनुभयो ।

nawajiwan

कक्षा १ देखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको सो विद्यालयको ४८ औँ वार्षिकोत्सव समारोह कार्यक्रमको उद्घाटन सिगास गाउँपालिका अध्यक्ष हरि सिहं धामीले गर्ने कार्यतालिका रहेको विद्यालयले जनाएको छ ।

Attariya Hospital

वार्षिकोत्सव समारोह कार्यक्रममा वर्ष भरि विद्यालयले विभिन्न समयमा आयोजना गरेका प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्ट विद्यार्थी लाइ पुरस्कार वितरण, प्रधानाध्यापक द्वारा विद्यालयको वार्षिक आय व्यक्त प्रतिवेदन प्रस्तुत, विद्यालय लाइ योगदान दिएका व्यक्तिहरुलाइ सम्मान लगायत विविध प्रतियोगितात्मक कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमका साथ मनाउँने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक बीरेन्द्र सिह धामीले जानकारी दिए ।

विद्यालय स्थापना भए देखि हालसम्म वार्षिकोत्सव नमनाएको भुवनेश्वरी माध्यमिक विद्यालयले अहिले ४८ औँ वार्षिकोत्सव पहिलो पटक मनाउन लागेको विद्यालयले जनाएको छ ।

विद्यालय स्थापना भएको साल देखि हालसम्म कुनै पनि प्रधानाध्यापकले विद्यालयको वार्षिक आय- व्यय सार्वजनिक नगरेकोमा आम अविभावकको उपस्थितिमा यो वर्ष देखी विद्यालयको वार्षिक आय व्यय सार्वजनिक गर्ने प्रधानाध्यापक बीरेन्द्र सिह धामीले जानकारी दिए ।

भुवनेश्वरी माध्यमिक विद्यालय सिगास गाउँपालिकामा नमुना विद्यालयको रुपमा चिनिन्छ ।