स्वस्थ जीवनशैली र निदानात्मक उपचारका लागि अब जिल्ला अस्पताल बझाङमा योगाअभ्यास सञ्चालनमा

Image
Nisarga Hospital

जिल्ला अस्पताल बझाङमा नया कार्यको थालनी गरीएको छ । स्वस्थ जीवनशैली र निदानात्मक उपचारका लागि अब जिल्ला अस्पतालमा नै योगाअभ्यास सञ्चालन गरीएको हो ।

CP Hospital Dhangadhi

पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोगबाट मानिसको बढि मृत्यु हुने गरेकाले योगबाट सुखी र निरोगी बनाउन योगाअध्यास कार्यको थालनि गरीएको जिल्ला अस्पताल बझाङले जनाएको छ । जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय बझाङको सहकार्यमा उक्त कार्यको थालनी गरीएको हो ।

सहर बासीमा भएको शारीरिक निष्क्रियतालाई सक्रिय बनाएर नसर्ने रोगबाट बचाउ उपचारात्मक स्वास्थ्य सेवा सँगै निदानात्मक उपचार पद्धतिमा समेत जिल्ला अस्पतालले जोड दिएको हो ।

nawajiwan
Attariya Hospital

योगामा स्वास्थ्यकर्मि र नजिकका समुदायका स्थानीयहरुले हरेक दिन बिहान ५ बजे बाट योग गर्न पाउने भएका छन् । योगा अभ्यास कक्षामा योग गुरु मोहन मल्लले प्रशिक्षण दिइरहनु भएको छ ।

“शारीरिक तथा मानसिक समस्याहरु न्यूनिकरण गर्नका लागि अस्पताल र स्वास्थ्य कार्यालयले थालेको यो अभियान प्रभावकारी बन्दै जानेमा विश्वस्त रहेको सेवाग्राहिहरुले बताएका छन् ।

बिहानको समयमा योगाभ्यास गर्नाले स्वास्थ्यका दृष्टिले तथा शारीरिक र मानसिकरुपमा पनि सकारात्मक उर्जा मिल्ने भएकाले यो कार्य महत्वपूर्ण हुने दाबी योग गुरु मल्लले बताउनुभयो ।