अछामको ढकारी र मेल्लेख गाउँपालिकामा आगलागी

Image
Nisarga Hospital

अछामको ढकारी गाउँपालिका र मेल्लेख गाउँपालिकामा आगलागी भएको छ । आज बिहान अछामको ढकारी गाउँपालिका र मेल्लेख गाउँपालिकाका एक एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय अछामले ढकारी गाउँपालिका वडा नम्बर-४ बालाताको अडी खर्कमा रहेको पहले टमट्टाको घरमा आज बिहान आगलागी भएको जनाएको छ। प्रहरीका अनुसार आगलागी हुँदा घरमा रहेको एक तोला सुन,डेढलाख नगद रुपैया,भाडाकुडा,खाद्यान्न सबै जलेर नस्ट भएको छ।

Attariya Hospital

घर भित्र डोकोमा राखेका बाख्राको पाठाले डोका ढलाई दिएपछि आगोमा परेको डोकाबाट आगो शल्कीदा आगलागी भएको प्रहरीको भनाई छ। यस्तै मेल्लेख गाउँपालिका-४ काका कर्णबहादुर साउदको घरपनि आगलागी भएको छ। साउदले खाना पकाउँदा पेट्रोल खसेर आगोमा पोखिदा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा परी साउँद जलेर घाइते भएका र उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।

nawajiwan