आईपिएल क्रिकेटमा लखनउ सुपर जायन्ट्समाथि राजस्थान रोयल्सको सानदार जित, यस्तो बन्यो अंक तालिका

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित निकालेको छ।

CP Hospital Dhangadhi

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी हुँदै तीन विकेटको क्षतिमा १९९ रन बनाएर सात विकेटको शानदार जित निकालेको हो।

Attariya Hospital

राजस्थानको जितका लागि कप्तान सञ्जु सैमसनले नटआउट ७१ रन बनाए। उनले ३३ बलको सामना गर्दै सात चौका र चार छक्का प्रहार गरे। उसका लागि ध्रुव जुरेललेसमेत नटआउट अर्धशतक बनाए। उनले ३४ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाएका हुन्। जोस बटलर ३४, यशस्वी जैसवाल २४ रनमा आउट हुँदा रियान परागले १४ रन जोडे। लखनउका लागि एस ठाकुर, मार्कस स्टोनिस र अमित मिश्राले एकएक विकेट हात पारे।

nawajiwan