गोदावरी नगरपालिका १२ द्वारा जेष्ठ नागरिकका लागि स्वाथ्य शिविर सञ्चालनमा

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष भीम बहादुर खड्काको अध्यक्षतामा संचालित स्वास्थ्य शिविरमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, नगर प्रवक्ता गोपाल दत्त भट्ट, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, स्थानिय समाजसेवी, शिविरमा डाक्टर तथा जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो।

nawajiwan

पद्मा अस्पताल प्रालिको प्राविधिक सहयोगमा सोमबार र मङ्गलबार२ दिने जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविरकोप आयोजना गरिएको हो।

स्वास्थ्य शिविरमा सञ्चालन कार्यक्रममा बोल्दै नगर प्रमुख विरेन्द्र भट्टले यस क्षेत्रका सम्पूर्ण जेष्ठ नागरिक आमा बुवा, दाजु भाईले शिविरको सदुपयोग गरी सेवा लिन आग्रह गरेका छन्। हाम्रो पालिकाले पालिका भित्र रहेको जनता कोही पनि अकालमै जीवन बेतित गर्न नपरोस, पालिकाले घरदैलोमा नै स्वास्थ्य कर्मी परिचालन गरेकोले सबैले आ- आफ्नो गाउँठाउँमा स्वास्थ्य कर्मी आउदा उहाँलाई सबै समस्या भनि दिन आग्रह समेत गरेका छन ।  पालिकाको बजेटले धाने सम्मका लागि सबै जेष्ठ नागरिक, दलित, महिला, अपाड्ग, लगायतलाई सेवा दिने बताएका छन ।

स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोापल दत्त भट्टले यस क्षेत्रमा रहेका जेष्ठ नागरिक सँगै अन्य पिछडीएका सबैलाई स्वास्थ्यको पहुच पुग्ने गरी कामकाज अगाढी बढाएको बताएका छन ।

Attariya Hospital

पालिकाले महिला, जेष्ठ नागरिक, दलित, बालबालिकाका लाई लक्षित गरी स्वास्थ्य सम्बन्धि बिभिन्न कार्यक्रम आयोजना गरेको जानकारी स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन । केही दिन अगाढी गोदावरी ४ को हाटखोलीमा शिबिर संचालन गरेको र अहिले पालिका भित्र मेयर स्वास्थ्य कार्यक्रममा घरदैलो अभियान गरेको बताएका छन ।

अत्तरियाको पद्मा अस्पतालमार्फत गोदावरी नगरपालिका वडा नं १२ को कोलमुडामा शिविरको आयोजना गरिएको छ । गोदावरी नगरपालिका वडा नं १२ को आर्थिक सहयोगमा संचालन हुने गै रहेको स्वास्थ्य शिविरमा बिशेषज्ञ डाक्टरहरु फिजिशियन, अर्थो, महिला रोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ, मेडिकल रोग बिशेषज्ञ लगायत अन्य समस्या भएकाहरुका लागि चेकजाँच तथा उपचारको लागि शिविर संचालन आएको छ ।

तेस्तै गरी शिविरलाई प्राबिधिक सहयोग पुर्याउदै आएका पद्मा अस्पतालका निर्देशक डा. नर बहादुर मौनीले यसरी गाउँ बस्तीमा शिविरले सबैलाई क्रमिक रुपमा स्वस्थ्य परीक्षणमा हामीले सक्ने सहयोग गर्न पाउदा खुसी भएको बताएका छन ।

स्वास्थ्य शिविर कार्यक्रमको अध्यक्षता गरेका वडा न. १२ का अध्यक्षले भने,” हामीले जेष्ठ नागरिकका लागि २ लाख बजेट छुट्याएका थियो, सबै नागरिकलाई बुझ्दै जादा स्वास्थ्य शिविर प्रभावकारी रहने र अहिलेको आवश्यकता रहेकोले हामीले शिविर संचालन गरेको बताएका छन” ।
बर्षेनी कम्बल, छाता, झोला बितरण गर्नु भन्दा यो कार्यक्रम रहेको र आ-आफ्नो स्वास्थ्य अबस्थाको बारे जानकारी समेत लिन सकिने भएकोले स्वास्थ्य शिविरको आयोजना गरेको बताएका छन ।

स्वास्थ्य शिविरमा डाक्टरहरू पदमा अस्पतालका निर्देशक डा नर बहादुर मौनी, डा गणेश फुलारा, डा बेन्जु कोइराला, डा जीवानन्द बिष्ट, डा टेकराज खत्री, मञ्जु साउद, अस्पताल सञ्चालक विवेक शाह लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।