गोदावरीमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुन सरोकारवालासंग छलफल

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

अत्तरिया: सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुनबारे सरोकारवालासंग छलफल गरिएको छ । महिला कानुन र विकास मञ्च (एफब्लूएलडी),सि आर आर, केयर नेपाल र निड्स नेपालको संयुत्त आयोजनामा कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधीहरु,कार्यपालिका सदस्यहरु , शिक्षा- स्वास्थ्य शाखाका प्रमुखहरुसंग अत्तरियामा छलफल गरिएको हो ।

nawajiwan

छलफलमा महिला कानुन र विकास मञ्चका प्रतिनिधी अधिवत्ता दिपेश श्रेष्ठ,केयर नेपालका प्रतिनिधी कालीदाश जोशी र गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले प्रस्तुती राखेका थिए भने अधिवत्ता रेणु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिईन् । आफ्नो प्रस्तुती राख्दै अधिवत्ता श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुनका बारेमा स्पष्ट पारेका थिए ।

दिगो विकास लक्ष्यअनुसार पछिल्लो दशकमा मृत्युदरको दर कमी नभएकोमा सरोकारवालाहरुले चासो राखेका छन् । पछिल्लो दशकमा सुत्केरी गराउन स्वास्थ्य संस्थामै पुग्दा पनि मृत्यु हुनेको संख्या घटिरहेको छैन । सरकारले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । जसमा सुरक्षित गर्भपतन, परिवार नियोजन, स्वास्थ्य संस्थामा अनिवार्य रुपमा स्वास्थ्य जाँच, आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई यातायात खर्च, गाउँ–गाउँमा स्वास्थ्य स्वयंसेविका कार्यक्रम छन्।

त्यस्तै स्वास्थ्य शाखा प्रमुख अवस्थीले गोदावरी नगरपालिकामा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका बारेमा नगरपालिकाले प्रदान गर्दै आएका सेवा बारे जानकारी गराएका थिए । उनले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका विषयमा स्वास्थ्य शाखा गम्भीर रहेको भन्दै कानुन बमोजिमका कार्यक्रमहरु लागू गर्दै आएको बताए ।

Attariya Hospital

स्वास्थ्य संस्थामा दक्षजनशक्तिको अभाव, प्रसूति हुनुपर्ने पर्याप्त हेरचाहको अभाव, स्वास्थ्य संस्थामा आवश्यक औषधि उपकरण पर्याप्त नहुने, घरमा पुगेपछि सुत्केरीको हेरचाहको पर्याप्त परामर्श नदिने, कतिपय स्वास्थ्यकर्मीकै लापरबाहीजस्ता पक्षले मृत्यु हुने गरेको सरकारले जनाएको छ । सहश्राब्दी विकास लक्ष्यअनुसार गर्भवती भएकै कारणले कुनै पनि महिलाले मृत्युवरण गर्न नपरोस् ।

दुर्गम ठाउँका स्वास्थ्य संस्थामा जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीबाटै शल्यक्रियामार्फत प्रसूति गर्ने सेवा विस्तार गरेको थियो । ती स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक लामो समय गयल हुनुले नै समस्या भएको परिवार कल्याण विभागले जनाएको छ ।

तर सूचना अभावका कारण कतिपय राम्रा कार्यक्रम तथा सेवाहरु तल्लो वर्गसम्म पुर्याउन नसकिएको उनले बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले संघ संस्थाहरुले बेला बेलामा झक्कयाउने गरे आफुहरुलाई पनि काम गर्ने जाँगर आउने बताईन ।

मातृमृत्युदर कार्यक्रममा देखा परेका कुनै पनि कमजोरीलाई हटाउन सरकारले कुनै मृत्युको घटनालाई लिएर सेवाको पहुँचलाई निरन्तर विकास गर्ने, दक्ष जनशक्तिको विकासमा जोड दिने, स्वास्थ्य सूचनाको प्रवाह गर्ने, सामाजिक तथा सांस्कृतिका सोचमा परिवर्तन ल्याउनेलगायतका कार्यक्रम लैजाने तयारी भइरहेकोस्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएँ।

“हाम्रो नगरपालिकामा सुरक्षित मातृत्व सम्बन्धी सेवा प्रदान गर्न नगरपालिकाले सक्दो प्रयास गरिहेको छ,उनले भनिन् आगामी दिनमा पनि उपलब्ध सेवाहरुलाई प्रभावकारी बनाउन प्रयासरत रहनेछौँ ।”