
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को बुढीतोला आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। निःशुल्क स्वास्थ्य शिविरमा ११३ जनाले बिभिन्न रोगको चेकजाँच तथा परीक्षणको सेवा लिएका छन ।

गोदावरी नगरपालिकाका मेयरले यस पालिकाको बिकट क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने निर्णय अनुसार यस पालिकाको स्वास्थ्य शाखाको आर्थिक सहयोग तथा आयोजनामा यस क्षेत्रमा स्त्री रोग, हाडजोर्नी, नाक कान घाटी, जनरल सर्जरी, जर्नल मेडिसिन सम्बन्धी चेकजाँच तथा उपचार सेवा दिन लागेको छ ।

अत्तरियामा रहेको अत्तरिया हस्पिटल प्रालिको प्राविधिक सहयोग बाट विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन आएको छ । अत्तरिया हस्पिटलका डाक्टर सुजन थापा ,डा. धनशेर जाग्री, आशिस बिष्ट, रोजी जोशी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमममा गोदावरी नगरपालिका वडा नं ४ वडा अध्यक्ष हेम प्रकाश मल्लले भने मैले चुनाव र अन्य समयमा बोलेका वाचाहरु क्रमिक रुपमा पुरा गर्दै छु, आफू यस क्षेत्रका जनताको विकास स्वास्थ्य, शिक्षाका लागि नै मैले राजनिति गर्दै आएको समेत बताएका छन ।
गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका योगदान गर्दै आएका क्रियाकलाप बारे जानकारी गराउदै आगामी दिनमा पनि पालिकाको विगट बस्तीमा यस्तै स्वास्थ शिविर संचालन गर्ने कार्यक्रम रहेको जानकारि स्वास्थ्य शाखाका बिर बहादुर कुवरले बताएका छन ।
अत्तरिया हस्पिटलद्वारा प्राबिधिक सहयोग गरेको स्वास्थ्य शिविरमा ६८ जनाले सुगरको चेकजाँच गरेका छन, शिविरमै मलेरिया, अल्ट्रासाउण्ड, महिलाहरुको पाठेघरको मुखको क्यान्सर (स्किक्रिन सेवा) परीक्षण लगायत सेवा उपलब्ध गराएको जानकारी गोदावरी नगरपालिका स्वास्थ्य शाखाका विर ब. कुवरले बताएका छन ।

































