कुवेतको एक भवनमा आगलागि हुदै ४९ जनाको मृत्यु, ४० जना भारतीय भएका पुष्टि

Image
Nisarga Hospital

कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ । ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राति बैठक गरेका थिए ।

CP Hospital Dhangadhi

आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने उनले बताए । प्रधानमन्त्री मोदीले हिजै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २/२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ ।

Attariya Hospital

यो भवनमा धेरैजसो आप्रवासी कामदार बस्ने भएकाले मृतक पनि सबैजसो आप्रवासी नै हुनसक्ने खबरमा उल्लेख छ । आगलागीमा परि ५० जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

nawajiwan