बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रदेश सरकारले राहत दिने

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ ।

CP Hospital Dhangadhi

मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत दिने घोषणा गरेका हुन् । यसै गरी, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Attariya Hospital

गए राति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको छ । स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो ।

nawajiwan

पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएको छ । घटनामा परी छ जना घाइते भएका छन् । पहिरोमा परेको परिवारको तत्काल उद्धार र राहतका लागि निर्देशन दिएको मुख्यमन्त्रीले बताएका छन् ।