गौराकी सौंराइ

Image
Nisarga Hospital

– खडक मल्ल

CP Hospital Dhangadhi

रात निन नै दिन भोक नै, तेरी लाग्दी सौरा ।
भोल भोल भन्ना भन्ना, नजिक आइ गै गौरा ।।

ऐल पालो मेरै होकी, फुल होकी भमरा ।
साउन बाइग्यो भदौ आइग्यो, झम्कली गमरा ।।

nawajiwan

तुषेमा मन्दिर लाए, सबै भाइ मिलेर ।
दर्कादरी खेल् लागेको, गौरा खेल खेलेर ।।

एक वर्ष तमरो पालो, एक वर्ष हाम्रै हो ।
गौरा खेली गौरी पुजी, जगेर्ना राम्रै हो ।।

गौरा जन्छ जाँत आउँछ , घण्टेश्वर तेलेको ।
देउडा लाउला दर्कादरी, गौरा खेल खेलेको ।।

Attariya Hospital

गौरा देबी बासुदेब, महेश्वर केलाई हुन ।
गौराको प्रसाद खानु, बिरुणी केलाई हुन ।।

पञ्चमीका बिरुणी हुन, खष्टीलाई हुन धुनु।
गौरा माता गौरा देवी, गौराइ खिलाई बुनु।।

गोरे घर गमराखी, देउ घर देवलाई ।
रक्षा अरेई देउदेवता, आउना साल गौरालाई ।।

हिट्टे बाटो दर्की जालो, हिटौ जन जोगी ।
नाउलाई गौरा घरै गौरा, उई पछी की होकी ।।

दुत्तेलाइ फूलकी माला, दशैँलाई जमरा ।
रिति थिति जन भुलिया, एक हिस्सा गमरा ।।

(लेखक डोटीको जोरायल गाउँपालिका १ तिलाचौड निवासी अगुवा कृषक पनि हुन् ।)