
बैतडी: बैतडीमा एक किशोरीको अल्पायुमै निधन भएको छ । जिल्लाको मेलौली नगरपालिका–९ असुर कल्मटाकी १७ वर्षीया प्रमिला भट्टको अल्पायुमै निधन भएको हो । विहीबार राति भट्टको एक्कासी पेट दुखेर निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

स्थानीय विशालपुर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रमिलाको निधनले विद्यालय परिवार शोकमा डुबेको छ । प्रमिलाको निधनमा विद्यालयले आइतवार शोकविदा दिने विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टले बताए ।

चाडपर्वको समयमा प्रमिलाको निधनले गाउँ शोकमा डुबेको प्रधानाध्यापक बिष्टले बताए ।































