बैतडीको खाैलाबजार पहिराे र कटानकाे उच्च जाेखिममा

Image
Oplus_0
Nisarga Hospital

बैतडीः बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खाैलाबजार बाढी,पहिराे र कटानकाे उच्च जाेखिममा रहेकाे छ । सनीगाड र जमाडीगाड मिलन हुने क्षेत्रमा रहेकाे खाैलाबजारकाे माथिबाट पहिराे खसेर दुई पसल समेत पुरिसकेकाे छ।

CP Hospital Dhangadhi

बजार माथिपट्टी रहेकाे घुकुती बनबाट खसेकाे पहिराले दुई पसलमा पुरिएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
खाैलाबजारमा रहेकाे करनसिंह भण्डारी हाेटेल रनवराज भण्डारीकाे पसल पहिराले पुरेकाे पाण्डेयले बताउनुभयाे।
पहिराे खसेसंगै खाैलाबजारका थप १० पसल उच्च जाेखिममा रहेका स्थानीय व्यापारी अर्जुन भण्डारीले बताउनुभयाे। माथिबाट पहिराे तलबाट नदीले कटान गरिररहेकाे छ। उहाँले भन्नुभयाे,” पहिराले दुईजनाकाे पसल पुरिसकेकाे छ। पानी पर्ने क्रम नराेकिए अन्य पसल समेत पुर्ने सम्भावना छ। ”

दुई पसल पुरिनुका साथै धानबाली, पुलकाे समान बगायाे,पाेलिहाउस, ट्रस्ट,तरकारीमा समेत क्षति पुगेकाे उहाँले बताउनुभयाे।
पहिराे सफाइका लागि वडा र दाेगडाकेदार गाउँपालिकालाई जेसिबी उपलब्ध गराइदिन अनुराेध गरेकाे भएपनि सुनुवाइ नगरेकाे भण्डारीकाे आराेप छ। उहाँले भन्नुभयाे,” पहिराे नियन्त्रण हुन सकेन भने सबैकाे उठिबास हुने देखिन्छ। समयमै सम्बन्धित निकायको ध्यान पुगाेस्।”

nawajiwan
Attariya Hospital

दाेगडाकेदार गाउँपालिका ६ का वडाध्यक्ष गाेपालसिंह कार्कीले पनि खाैलाबजार क्षेत्र उच्च जाेखिममा रहेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे, ” खाैलाबजारमा २०१८ सालमा पनि पहिराे गएकाे थियाे,उक्त समय ठुलाे धनजनकाे क्षति भएकाे हाे। अहिले पनि समयमै पहिराे नियन्त्रणकाे काम हुन सकेन भने ठुलाे धनजनको क्षति नहाेला भन्न सकिन्न।”

वडाध्यक्ष कार्कीले पहिराले सुकुम्बासी बस्तीमा पनि क्षति पुगेकाे बताउनुभयाे।एकजनाकाे घर पुरिनुका साथै पाँचजनाकाे मकैबालीमा क्षति पुगेकाे छ।
सामान्य राहत वितरणकाे काम तथा क्षतिपूर्ति पालिकाले गर्ने बताउदै दाेगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले ठुलाे पहिराे नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारलाई अनुराेध गर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे,” पालिकाकाे तर्फबाट सामान्य राहत वितरण तथा क्षतिपूर्ति प्रदान गर्छाै,पहिराे नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग आग्रह गर्छाै।”

खाैलाबजार पहिराेकाे उच्च जाेखिममा रहेकाे भए बुझेर राहत तथा व्यवस्थापनकाे काम गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे,” क्षतिपूर्ति र पहिराे नियन्त्रणका लागि विपद व्यवस्थापन समितिकाे बैठक बसेपछि निर्णय गरिनेछ। राहत सामग्री दिनुपर्ने देखियाे भने तत्कालै उपलब्ध गराउछाैं।” पहिराे नियन्त्रणका लागि स्थानीय,प्रदेश र केन्द्र सरकारलाई अनुराेध गर्ने उहाँले बताउनुभयाे।