
बैतडी: लगातारको बर्षापछि खसेको पहिरोले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सुचारु भएका छन्। दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो ।

यस्तै महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ सिल्लेक र वडा नं ६ सलसेनामा पहिराे खसेकाे थियाे।
दुवै राजमार्गमा खसेको पहिरो पन्छ्याइएपछि सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता , प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
राजमार्ग सुचारु भएपछि बीचबाटाेमै राेकिएकाे यात्रु र सवारीसाधन आ आफ्नो गन्तव्यतर्फ लागेका छन्।
३ दिनदेखिकाे वर्षाले यहाँका जनजीवन प्रभावित भएकाे छ।

यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेकाे छ। माैसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउदै बैतडीसहित सुदूरपश्चिमका ६ जिल्ला रेड जाेडमा राखेकाे छ।

लगातार वर्षा भइरहेकाेले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गर्नुभएकाे छ। उहाँले भन्नुभयाे,” लगातार वर्षा भइरहेकाे छ। माैसम पुर्वानुमान महाशाखाले बैतडीलाई रेड जाेडमा राखेकाे छ। सबैलाई सतर्कता अपनाउन आग्रह छ।”































