बैतडीमा जिप दुर्घटना: चालकसहित छ जना घाइते

Image
Nisarga Hospital

बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाकाे छेला-दुर्गाभवानी कच्ची सडककाे डुवापानी भन्ने स्थानमा से१ ज ३२० नम्बरको बाेलेराे जिप गएराति साढे १० बजेतिर दुर्घटनामा परेकाे हाे ।

CP Hospital Dhangadhi

दुर्घटनामा परेर चालकसहित छ जना घाइते बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, साेहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ,१६ वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ रहेका छन्।

nawajiwan
Attariya Hospital

घाइते मध्ये दिलिपकाे अवस्था गम्भीर रहेकाे छ। दिलिपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धनगढी रेफर गरिएको छ।

अन्य घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे र अवस्था सामान्य रहेकाे छ।
जिप सडकबाट १० मिटर तल खसेर सल्लाकाे रूखमा अड्किएकाे छ।

दुर्घटनाग्रस्त जिप रूखमा अड्किदा ठुलाे दुर्घटनाबाट बचेकाे प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयाे।
आठजना सवार रहेकाे जिप अनियन्त्रित भएर दुर्घटनामा परेकाे बताइएकाे छ। सवार दुईजना भने सकुसल रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।