
नेपाली कांग्रेस साफेँबगर नगर कार्यसमिति अछाम द्वारा नेपाली कांग्रेस अछामका पुर्ब महासमिति सदस्य,कांग्रेस नेता तथा शैक्षिक ब्यक्तित्व बिस्णु प्रसाद जोशीको श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।


गत मंशिर ५ गते उपचार गर्न लैजाने क्रममा बाटैमा निधन भएका जोशीको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा अछाममा कांग्रेस,शैक्षिक क्षेत्र सहित विभिन्न सामाजिक संघ संस्थामा खेलेको भुमिकाको स्मरण गरिएको थियो।
तत्कालीन समयमा रास्ट्रीय माध्यमिक बिधालय बावलाको प्र.अ.हुँदै राजनितीमा होमिएका दिवंगत जोशिको निधनले कांग्रेसका लागि अपुरर्णिय क्षती पुगेको नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेश महामन्त्री तथा सामाजिक बिकासमन्त्री मेघराज खडकाले बताए।
स्व.जोशी बिकासप्रेमी,जुझारु एबम लोकप्रिय नेता भएको र उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पाटिको संगठनमा सकृय योगदान पुर्याएको स्मरण गरे। उनको असमायिक निधनले नेपाली कांग्रेस लाई मात्र नभई रास्ट्रलाई समेत अपुरणिय क्षती पुगेको बताए।
श्रद्धाञ्जली सभामा ने.का.सुदुर पश्चिम् प्रदेश महामन्त्री मेघराज खडका,अछाम पाटी उप-सभापति अर्जुन ताम्राकार,महाधिवेशन प्रतिनिधि कृष्ण कुँवर,राजेन्द्र कुँवर,प्रदेश सभापति महेश खडका,क्षेत्रीय सभापति कृष्ण ब.बुढाले शोक मन्तव्य राखेका थिए भने नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।





























