सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष २५ देखि

Image
Nisarga Hospital

बैतडी: बैतडीको सिगास गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष २५ गते देखि सञ्चालन हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ शैक्षिक सत्र २०८१ अन्तर्गत आठौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष २५ गते देखि २८ गते सम्म सञ्चालन हुने भएको हो ।

CP Hospital Dhangadhi

सिगास गाउँपालिकाभरीका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बिहीबार आज बसेको संयुक्त बैठकले पौष २५ गतेबाट २८ गतेसम्म प्रतियोगिता सञ्चाल गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए ।

nawajiwan

गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुन मावि गाँजरीको खेलमैदानमा सञ्चालन गर्ने निर्णय भएको उनले बताए । जिल्ला खेलकुद विकास समितिले माघ महिनाको २० गते भित्र पालिकाहरुलाई पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न आग्रह गरेपछि सिगासमा पौष २५ गते देखि २८ गतेसम्म प्रतियोगिता गर्ने तयारी भएको हो ।

Attariya Hospital

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलकुद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यस वर्ष जिल्लास्तरीय खेलकुद प्रतियोगितामा कबड्डी प्रतियोगिता समेत समावेश गर्ने उद्देश्यका साथ र पालिका स्तरीय रनिङ् शिल्डको पूर्वसन्ध्यामा यही पौष १ र २ गते १५ वटै माध्यमिक तहका खेल शिक्षक, प्रत्येक विद्यालयबाट एक छात्रा र एक छात्र गरी तीन जनाका उपस्थित गराएर प्रारम्भिक प्रशिक्षण दिने कार्यक्रम समेत आज तय भएको शिक्षा अधिकृत रमेश प्रसाद भट्ट्ले जनाउनुभयो ।

उक्त कार्यक्रममा प्रशिक्षण गर्न बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशी र एथलेटिक्स प्रशिक्षक शरद सिंह ठगुन्ना आउने उहाँले बताउनुभयो ।

राष्ट्रिय स्तरमै पहिचान बनाउन सफल खेलाडी उत्पादन गरिरहेको सिगास गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विगतदेखि नै पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।