जयपृथ्वी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/बझाङ: बझाङको जयपृथ्वी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ। जयपृथ्वी नगरपालिकाको आयोजनामा नगरस्तरीय अन्तरविद्यालय प्रतियोगिता सत्यवादी माध्यमिक विद्यालयको खेल मैदानमा प्रारम्भ गरिएको हो।

CP Hospital Dhangadhi

प्रतियोगिताको उद्घाटन जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख बजालले खेल र खेलाडीको विकासमा उच्च प्राथमिकता दिएको र यस क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो। खेल अनुशासन, सभ्यता, र सकारात्मक सोचको माध्यम भएको भन्दै उहाँले खेलकुदले इतिहास रच्ने सम्भावना रहेको बताउनुभयो।

nawajiwan

सत्यवादी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेका विभिन्न विधाका खेलहरूले खेल क्षेत्रमा उत्साह थपेको नगरप्रमुख बजालले जानकारी दिनुभयो। उहाँले बझाङबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याउने खेलाडीहरूको पहिचान गराउँदै खेल राष्ट्रको पहिचान, स्वास्थ्य, अनुशासन, र सामाजिक एकताको प्रतीक भएको बताउनुभयो।

Attariya Hospital

उद्घाटन समारोहमा विद्यार्थीहरूले आकर्षक मार्चपास, नृत्य प्रस्तुति, र सत्यवादी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

प्रतियोगितामा छात्रा-छात्रबीच दौड, कबड्डी, सटफुट, ज्याभलिन थ्रो, हाइजम्प, भलिबल, लङजम्प, ट्रिपलजम्प, मार्शल आर्टजस्ता खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन्। यी गतिविधिले खेलकुदप्रति विद्यार्थीहरूमा रुचि र सहभागिता थप्ने अपेक्षा गरिएको छ।