
बझाङः बझाङ जिल्लामा १४ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–७ निवासी २१ वर्षीय अक्कल बोहरा रहेका छन्।

फागुन ४ गते, मष्टा गाउँपालिका–५ को द्वारीमा रहेको चैनपुरमा, अक्कल बोहराले किशोरीलाई बोलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको थियो। फागुन ६ गते उक्त किशोरीको उजुरी प्राप्त भएपछि प्रहरीले कदम चाल्दै अक्कल बोहरालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको छ।

































