अछामको कमलबजार विमानस्थल उद्घाटन स्थगित

Image
Nisarga Hospital

अछामको कमलबजार विमानस्थलको उद्घाटन कार्य स्थगित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेयले शुक्रबार उद्घाटन गर्ने तय भएको कार्यक्रम प्रतिकूल मौसमका कारण रोकिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालका अनुसार मौसममा सुधार आएपछि केही दिनभित्रै उद्घाटन गर्ने तयारी छ।

पुस १३ गते परीक्षण उडान सम्पन्न भएसँगै विमानस्थल नियमित उडानका लागि तयारी अवस्थामा रहेको नगरप्रमुख ढकालले बताए। उनका अनुसार कमलबजारबाट नेपालगन्ज र काठमाडौँका लागि तारा एयरसँग उडान सञ्चालनका लागि सम्झौता भइसकेको छ।

Advertize US