बझाङमा किशोरी करणीको आरोपमा ६० वर्षीय वृद्व पक्राउ

Image
Nisarga Hospital

बझाङमा १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ६० वर्षीय वृद्व पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

थलरा गाउँपालिका–४ बस्ने १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा सोही ठाउँ बस्ने ६० वर्षीय वृद्व गम्भिरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Attariya Hospital

किशोरीले आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा जवरजस्ती करणी गरेको आरोपमा शुक्रवार प्रहरीमा जाहेरी दिएकी थिइन्।

nawajiwan

शुक्रवार नै सार्कीलाई अस्थाई प्रहरी पोष्ट बगडाबाट प्रहरी बरिष्ठ हवल्दार डम्बरबहादुर ढाँटको कामाण्डमा प्रहरी टोलि खटिई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।