सिगास गाउँपालिकाले ग-यो अतिरिक्त क्रियाकलापमा सहभागि विद्यार्थीलाई पुरस्कार वितरण

Image
Nisarga Hospital

बैतडी: बैतडीको सिगास गाउँपालिकाले अतिरिक्त क्रियाकलापमा सहभागी भई विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। आज एक औपचारिक कार्यक्रमका बीच सिगास गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले वर्षभरि आयोजना गरेका विविध अतिरिक्त क्रियाकलापमा सहभागिता जनाएका विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेको हो।

CP Hospital Dhangadhi

पुरस्कार वितरण तथा प्रमाणपत्र‌ वितरण कार्यक्रममा सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी सभाध्यक्ष रहनुभएको थियो। यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, शिक्षा अधिकृत रमेश प्रसाद भट्ट, गाउँपालिकाको विभिन्न विषयगत शाखामा कार्यरत शाखा प्रमुखहरु, बिभिन्न शाखामा कार्यरत कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न विद्यालयका शिक्षकहरु लगायत विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आधारभूत तह कक्षा १ देखि ५ मा चित्रकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । यस्तै आधारभूत तह कक्षा ६ देखि ८ मा निबन्ध लेखन प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता (२ पटक) आयोजना गरिएको थियो । माध्यमिक तह कक्षा ९ देखि १२ मा गाउँपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता (२ पटक), वादविवाद प्रतियोगिता, विज्ञान सामग्री प्रदर्शनी र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

विद्यालय शिक्षा क्षेत्रमा मात्र सिमित विद्यार्थीको प्रतिभा‌ प्रस्फुटन गरी पहिचान गराउने र नयाँ नयाँ कुराहरुमा शिक्षित बनाउने उद्देश्यका साथ गाउँ कार्यपालिका सँग सहकार्य गरि यस्ता कार्यक्रमहरुको आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले बताए ।

किताबी ज्ञानका साथसाथै बौद्धिक क्षमताको विकास, बोल्ने क्षमताको विकास, विज्ञान सामग्री प्रदर्शनी सँगै दैनिक जीवनसँग जोड होस् भन्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको र आगामी दिनमा पनि आयोजना गरिने बताए ।

nawajiwan

कार्यक्रममा सभाध्यक्ष तथा सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामीले शिक्षा युवा तथा खेलकुद शाखाले गरेको कार्यक्रम प्रति उच्च सम्मान व्यक्त गर्दै विद्यार्थीको विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी भई विभिन्न स्थान हासिल गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले शिक्षा क्षेत्रको विकासको लागी आफू लागिपर्ने र सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।

Attariya Hospital

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले विकासको मेरुदण्ड मानिएको शिक्षा क्षेत्रको विकासको लागी आ-आफ्नो ठाउँबाट विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकले लाग्नुपर्ने बताए ।

यसैबिच सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेश प्रसाद भट्टले आजको विशेष कार्यक्रमा शैक्षिक सत्र २०८१ सालको कक्षा १-७ र ९ को वार्षिक परीक्षाफल प्रकाशनको कार्य सम्पन्न, कक्षा १ देखि नै इमिसबाट ग्रेडसिट वितरणको नयाँ कार्यको अभ्यास सम्पन्न, शैक्षिक सत्र २०८२ सालको कार्यपात्रो सर्वसम्मत रूपमा अनुमोदन, २०८२ साल बैशाख २ गतेदेखि भर्ना अभियान तथा बैशाख १० गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।

साथै सिगास गाउँपालिकाको शैक्षिक कार्यपात्रो २०८१ अनुसार शैक्षिक सत्र २०८१ सालमा सञ्चालित सम्पूर्ण अतिरिक्त कार्यकलापहरूको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने र शैक्षिक कार्यपात्रो २०८१ लाई सत प्रतिशत कार्यान्वयनमा साथ दिनुहुने सम्पूर्ण विद्यालय लाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले सम्पूर्ण गाउँपालिका परिवार, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक ज्यूहरू, शिक्षक ज्यूहरू, कर्मचारी ज्यूहरू, अभिभावक ज्यूहरू, विद्यार्थीहरू लगायत प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा सहयोगीलाइ हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको पनि उहाँले बताउनुभयो ।