
बैतडी:

बैतडीको पुर्चौडी नगरपालिकामा हिजो ३ गते देखि सुरू भएकाे जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ ।


पुर्चौडी नगरपालिकाको कमल विशाल पार्क खेलमैदानमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले उद्घाटन गर्नुभएकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तह हरुको सहभागिता रहेकाे छ ।


स्थानीय तहहरुमा रहेका माध्यमिक विद्यालयहरुमा अध्ययनरत १८ वर्षमुनीका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते लगातयका खेलहरू सञ्चालन भइरहेका छन् ।

पुर्चौडी नगरपालिकाको कमल विशाल पार्क खेलमैदानमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिदै सिगास गाउँपालिकाले हिजो देखि आज सम्म ५ स्वर्ण, ५ रजत र ५ काश्य पदक गरी कुल १५ पदक आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

हेर्नुहोस् पदक संख्या:
१५ औँ जिल्ला स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता
सिगास गाउपालिकाले प्राप्त गरेको स्थान
१.देवकी धामी छात्रा ३००० मिटर दौड प्रथम
२. अनिसा धामी लङ्गजम्प छात्रा प्रथम
३. देवकी धामी छात्रा १५०० दौड प्रथम
४. अनिसा धामी त्रिपल जम्प छात्रा प्रथम
५. मन्जु धामी छात्रा ८०० मिटर दौड प्रथम
६. कमला ऐर छात्रा १५०० दौड द्वितीय
७. कमला साउद छात्रा १०० मिटर द्वितीय
८. मिना बोहरा ज्याभ्लिङ्ग थ्रो छात्रा द्वितीय
९. हरिष धामी छात्र ८०० मिटर दौड द्वितीय
१९. टेकेन्द्र बोहरा छात्र ३००० मिटर दौड द्वितीय
११. हरिश धामी छात्र १५०० दौड मिटर तृतीय
१२. कमला साउद लङ्गजम्प छात्रा तृतीय
१३. बसन्ती धामी छात्रा ८०० मिटर दौड तृतीय
१४. कमला ऐर छात्रा ३००० मिटर दौड तृतीय
१५. भलिबल छात्रा तृतीय

































