अछामको जयगढ बजार आगलागी अपडेट: ८ करोडको क्षति, पीडित अझै राहतको पर्खाइमा

Image
Nisarga Hospital

चैत २६ गते साँझ अछामको पुरानो जयगढ बजारमा भीषण आगलागी हुँदा २३ घर र तीमा सञ्चालन भएका ३५ पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। व्यापारी पुष्पराज शर्माको आइएमई केन्द्रबाट सल्किएको आगोले बजारै ध्वस्त बनाएको थियो।

CP Hospital Dhangadhi

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदका अनुसार करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। पीडित निर्मला रावलले आफ्नो पक्की घर डोजरले भत्काएर अरूको घर जोगाइन् तर राहत महसुस गर्न सकेकी छैनन्। उनी हाल आफन्तको शरणमा बसिरहेकी छन्।

व्यापारी खगेन्द्र साउदको पनि घर, गोदाम र पसल जलेर नष्ट भएको छ। हाल उनी गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य चौकीको कोठामा परिवारसहित बसिरहेका छन्। पीडितले गाउँपालिकाबाट केही खाद्यान्न र सामग्री पाए पनि बस्नका लागि स्थायी समाधान नभएको गुनासो गरेका छन्।

nawajiwan
Attariya Hospital

प्रदेश सरकारले ५० लाख रुपैयाँ राहत दिने निर्णय गरे पनि गाउँपालिकाले रकम अझै प्राप्त गरेको छैन। अध्यक्ष साउदका अनुसार हालसम्म करिब ४ लाख रुपैयाँ मात्र विभिन्न संघ–संस्थाबाट सहयोग प्राप्त भएको छ। दीर्घकालीन समाधानबारे भने ठोस योजना बनिसकेको छैन।

अहिलेसम्म केन्द्र सरकारको ध्यान नपुगेको भन्दै पीडितहरू राहत र पुनर्निर्माणको पर्खाइमा छन्।