
अत्तरिया: धनगढी उपमहानगरपालिका–०४ स्थित बसपार्क प्रवेशद्वारमा नयाँ रेष्टुरेन्ट “न्यू ममता रेष्टुरेन्ट” सञ्चालनमा आएको छ। रेष्टुरेन्टको औपचारिक उद्घाटन सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टज्यूले गर्नुभएको हो।


उद्घाटन समारोहका अवसरमा मित्र कलम धामीलाई यस व्यवसायिक यात्रा प्रारम्भ गरेकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ। रेष्टुरेन्टले ग्राहकहरूलाई शुद्ध, स्वादिलो खाना र सुलभ सेवाको अनुभव दिने उद्देश्य राखेको छ।



रेष्टुरेन्ट सञ्चालक कलम धामीले स्थानिय परिकारसँगै स्वादिष्ट भोजन तथा खाजा नास्ताका परिकारहरू जस्तै माछा फ्राई, चिकेन तन्दुरी, तन्दुरी रोटी, मटन पनिर, लोकल खसीको मासु, लोकल कुखीराको मासु सँगै मम, चाउमिन, आलुचप, समोसा आदि उपलब्ध हुने जानकारी दिनु भएको छ। उहाँले सरसफाइ, सेवा तथा स्वादमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

उद्घाटन अवसरमा कलम धामीलाई नयाँ व्यवसायको सफल शुभारम्भ गरेकोमा शुभकामना व्यक्त गरिएको छ। स्थानीयस्तरमा स्व–रोजगारको उदाहरणीय नमुना पेश गर्दै, रेष्टुरेन्टले स्वादिलो तथा गुणस्तरीय सेवामार्फत ग्राहकहरूलाई सन्तुष्टि दिने लक्ष्य राखेको छ।

रेस्टुरेन्ट सञ्चालक कलम धामीका अनुसार यस होटलले सर्वसाधारणका लागि सञ्चालनमा ल्याएको जानकारी गरायका छन् ।

नयाँ स्वरोजगारको थालनीका रूपमा खुलेको न्यू ममता रेष्टुरेन्टले स्थानीय तहमा व्यवसायिकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। यो पहलले रोजगारीको अवसर सिर्जना गर्नुका साथै धनगढीवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।






























