
काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एअरको बिमान उडान भरेको २८ मिनेटमै खराब मौसमका कारण पुनः काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

यात्रु चुडामणि भट्टका अनुसार “हामी करिब आधा घण्टा उडेको थियौं, मौसम खराबका कारण, विमान काठमाडौं नै फर्किएको जानकारी दिए।

श्री एअरका अधिकारीहरूले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै बिमान फिर्ता गरिएको जनाएका छन्। मौसममा सुधार आएपछि उडान पुनः सञ्चालन गरिने जानकारी दिए ।

































