नगर प्रमुख भट्टको प्रतिबद्धता: “शिक्षा, पूर्वाधार र पारदर्शितामा कहिल्यै सम्झौता गर्दिन”

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले स्थानीय विकासका आधारहरूलाई स्पष्ट रूपमा पहिचान गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र पारदर्शितालाई नगरको प्राथमिकतामा राखिएको बताएका छन्।

oplus_131072

कवडा नं. ६ को नवौं वडा भेलामा उनले भने, “स्थानीय जनताको सुझावलाई जिम्मेवारीका रूपमा लिएका छौं। बजेट अभावका बाबजुद पनि हामी शिक्षा र पूर्वाधारमा निरन्तर लगानी गरिरहेका छौं।”
oplus_131072

CP Hospital Dhangadhi

उनका अनुसार संघ र प्रदेश सरकारसँग समन्वय गर्दै नगरले आन्तरिक स्रोतको अधिकतम उपयोगमार्फत योजना कार्यान्वयन गरिरहेको छ। “गत वर्ष मन्त्रालयबाट ४७ करोडको प्रतिबद्धतामध्ये ३८ करोड मात्रै प्राप्त भएको हो, तर हामीले त्यसलाई योजनाबद्ध रूपमा खर्च गरेका छौं,” भट्टले स्पष्ट पारे।

नगर प्रमुख भट्टले ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रममार्फत शैक्षिक रूपान्तरण प्रारम्भ भइसकेको उल्लेख गरे। “शिक्षा नै विकासको मेरुदण्ड हो भन्ने विश्वासमा हामी अडिग छौं,” उनले भने।

oplus_131074

nawajiwan

स्वास्थ्य, पानी, विद्युत्, तारबार निर्माणदेखि सहरी स्वास्थ्य केन्द्र र गौशालासम्मका आयोजनाहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै भट्टले व्यवस्थापनमा देखिएका कमजोरीहरू क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता जनाए।

“धनगढी झिलिमिली, गोदावरी अँध्यारो? अब होइन!”

Attariya Hospital

सामाजिक सञ्जालमा धनगढीको उज्यालो र गोदावरीको अँध्यारोको तुलना भइरहेका बेला नगर प्रमुख भट्टले असार महिनाभित्र सीमाक्षेत्रमा सडक बत्ती बल्ने जानकारी दिए। “सीमित स्रोतसाधनका बाबजुद गाउँबस्तीमा समेत सडक बत्ती विस्तार भइरहेका छन्,” उनले बताए।

oplus_131074

खेलकुद विकासमा युवा क्लबसँग समन्वय

‘एक वडा, एक खेल मैदान’ अभियानअन्तर्गत उनले युवा क्लबहरूसँग समन्वय गरेर प्राथमिक क्षेत्र पहिचान गरिने बताए। “सबै क्लबलाई छुट्टाछुट्टै बजेट दिन सम्भव छैन, त्यसैले समन्वितरूपमा खेलमैदान निर्माणमा ध्यान दिइनेछ,” भट्टले भने।

oplus_131074

“नगरवासीको टाउको कहिल्यै निउरिने काम गर्दिन”

नगर प्रमुख भट्टले जनप्रतिनिधिको जिम्मेवारीप्रति गम्भीर प्रतिबद्धता जनाउँदै भने, “जनप्रतिनिधिले सबै कुरा गर्न सक्दैन, तर पारदर्शिता, समन्वय र प्रतिबद्धताका साथ काम गर्न सकिन्छ। नगरवासीको टाउको निउरिने काम कहिल्यै गर्दिन।”