
अत्तरिया : गोदावरी नगरपालिका वडा नं १० को आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको छ । आईतबार गोदावरी नगरपालिका वडा नं १० का अध्यक्ष रविन्द्र शाही (गुड्डू) को सभापतित्वमा आयोजित वडा नवौं भेलामा प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्ट विशिष्ठ अतिथिमा उप प्रमुख शारदा देवी रोकाया लगायत वडाध्यक्षहरु, स्थानीय व्यक्तित्वहरूको उपस्थितिमा बजेट सार्वजनिक गरिएको थियो ।


समारोहमा वडा सदस्य शेर बहादुर तामाङले वडाको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गोदावरी नगरपालिकाको बजेट सिलिङ अनुसार आगामी आर्थिक वर्ष ०२२\०८३ मा वडामा ९३ लाख ३० हजार ३०३ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकासका लागि ४३ लाख ८५ हजार ३०३ रुपैयाँ, सामाजिक विकासतर्फ २७ लाख ७५ हजार, आर्थिक विकासका लागि १३ लाख ९५ हजार, विपद् व्यवस्थापनमा १ लाख ७५ हजार र कार्यालय सञ्चालनतर्फ ६ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा आयोजित भेलामा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, अन्य वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडाबासी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
सम्बन्धित समाचार































