न्यूनतम मापदण्ड मुल्याँकनको आधारमा जिल्ला आयुर्वेद कार्यालय बझाङ ५६ .२२ % ल्याउन सफल

Image
Nisarga Hospital

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत जिल्ला आयुर्वेद कार्यालय बझाङको अनुगमन मूल्याङ्कन गरिएको छ । जिल्ला आयुर्वेद कार्यालय जनशक्ति तथा भौतिक संरचनाको कठिनाइका बाजजुत पनि निर्देशनालयको न्यूनतम मापदण्ड मुल्याँकनको आधारमा ५६ .२२ % ल्याउन सफल भएको छ ।

CP Hospital Dhangadhi

कार्यक्रमको समापन गदै प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी कैलालीका सुपरिटेन्डेन डा राम कामेश्वर ठाकुरले २०५२ साल मा स्थापना भएको कार्यालयले स्रोत साधन कमि भएको भएपनि पहिलेको तुलनामा धेरै नै फड्को मारेको बताउनु भयो । सानो सानो कामले गर्दा यो नतिजा आएको भएपनि अझै केही सुधार गर्न सके अझै नम्बर बढाउन सकिने बताउनुभयो ।

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी कैलालीको आयोजनामा जेठ २ गते भएको जिल्ला आयुर्वेद कार्यालयको अनुगमन मुल्याँकन कार्यक्रममा सरोकारवालाहरूको उपस्थित रहेको थियो ।

nawajiwan
Attariya Hospital

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी कैलालीका सुपरिटेन्डेन डा राम कामेश्वर ठाकुर को अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कैलास ठकुराठि रहनुभएको थियो ।

कार्यक्रममा जयपृथ्बी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नैन बहादुर सिंह,, स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत कटक सार्की, प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी कैलालीका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोलने बक्ताहरूले भवनको अभाव भएकाले केन्द्र प्रदेश र स्थानीय सरकारले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् ।