अत्तरियामा बेहोस भेटिएका पुरुषको मृत्यु: परिचय खुल्न बाँकी

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा बेहोस अवस्थामा फेला परेका एक पुरुषको रहस्यमय मृत्यु भएको छ। गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार अन्दाजी ३५ वर्षका नाम, थर नखुलेका पुरुष बेहोस अवस्थामा फेला परेका थिए।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई तत्कालै उपचारका लागि पद्यमा अस्पताल लगिएको थियो। तर त्यहाँबाट उनलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो। दुर्भाग्यवश, सेती प्रादेशिक अस्पतालमा राति नै उनको उपचारको क्रममा मृत्यु भयो।

Attariya Hospital

मृतकको पहिचान खुल्न नसकेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रहस्यमय तरिकाले अत्तरियाको व्यस्त क्षेत्रमा बेहोस भेटिनु र त्यसपछि मृत्यु हुनुले विभिन्न आशंका जन्माएको छ।

nawajiwan