
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ स्थित एच गाउँको साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।

स्थानीयले सडक छेउको नालामा सालनालसहित रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियामा खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोलीले तत्काल उद्धार गरी शिशुलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गराएको छ।

इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दका अनुसार शिशुलाई कसले जन्माएर त्यहाँ छाड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।































