
बाजुराः बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा मंगलबार बिहान साढे ९ बजे नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेक जोरा अनुसार, दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र यात्रु रविन्द्र धामीको घटनास्थलमै मृत्यु भएको हो।


जिपमा सवार अन्य दुई जना — नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा — घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।
टेलिकमको बा ५ च २२०९ नम्बरको जिप सो क्षेत्रमा रहेको टावर मर्मतका लागि गइरहेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


































