साइपालका कृषकका लागि नयाँ अवसर: दलहन जोन र सुपरजोनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/बझाङ: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय बझाङको आयोजनामा साइपाल गाउँपालिका वडा नं. १ र २ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जोन तथा सुपरजोनका नयाँ क्षेत्रहरूमा आयोजना गरिएको कार्यक्रममा ३५ जना जनप्रतिनिधि, कृषि प्राविधिक तथा अगुवा किसानहरूको सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

यस वर्षदेखि वडा नं. १ र २ मा दलहन बाली जोनका रूपमा परियोजना सञ्चालनमा आएको हो। कार्यक्रममा परियोजना कार्यालय प्रमुख चरित्रनारायण यादवले परियोजनाका गतिविधिबारे जानकारी गराउँदै किसानहरूका लागि सञ्चालित कार्यक्रमहरूको विवरण प्रस्तुत गर्नुभयो।

nawajiwan

किसानहरूले साना सिँचाइ आयोजना, अस्थायी प्लास्टिक टनेल, नर्सरी निर्माण, रोग तथा किरा व्यवस्थापन, स्थलगत तालिम जस्ता विषयहरूमा सुझाव तथा माग प्रस्तुत गरे।

Attariya Hospital

कार्यक्रममा वडा नं. २ का अध्यक्ष हरिलाल बोहराले साइपालमा जोन तथा सुपरजोन विस्तार हुनु खुशीको विषय भएको उल्लेख गर्दै अब कृषकहरूका लागि उत्पादन र पहुँच दुवैमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो।

परियोजनाले हालसम्म जिल्लाका १२ वटै पालिकामा जोन तथा सुपरजोन कार्यक्रम सञ्चालन गरिरहेको छ। आलु जोन ४५ वडामा र दलहन जोन १८ वडामा कार्यान्वयनमा रहेको जानकारी प्रमुख यादवले दिनुभयो।

कार्यक्रमको सञ्चालन कृषि प्राविधिक दिपेन्द्र सिंहले गर्नुभएको थियो भने अध्यक्षता कार्यालय प्रमुख चरित्रनारायण यादवले गर्नुभएको थियो। प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष हरिलाल बोहरा तथा विशिष्ट अतिथिका रूपमा वडा सदस्य काली बिक र सुरेन्द्र बोहरा रहनुभएको थियो।