सुदूरपश्चिममा लगानी र विकासको पूर्वतयारी: प्रि–समिट धनगढीमा सुरु

Image
oplus_2
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारीस्वरूप प्रि–समिट धनगढीमा सुरु भएको छ। बुधबारदेखि सुरु भएको प्रि–समिटको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपस्थिति रहेको छ। यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि कार्यक्रममा सहभागी छन्।

oplus_2

मुख्यमन्त्री शाहका अनुसार, सुदूरपश्चिम प्रदेशको प्राकृतिक स्रोतसाधन, सांस्कृतिक सम्पदा र रणनीतिक भौगोलिक अवस्थितिलाई सदुपयोग गर्दै रुपान्तरणमुखी आर्थिक विकास गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो।

Attariya Hospital

सम्मेलनमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार, विदेशी र स्वदेशी लगानीकर्ता, नीति निर्माता, बैंक तथा वित्तीय संस्था, एनआरएन, व्यवसायिक संघसंस्था, शोध संस्थाहरू, स्थानीय उद्यमी, स्टार्टअप प्रतिनिधि लगायत मिडियाकर्मीहरूको समेत सक्रिय सहभागिता रहने बताइएको छ।

oplus_2

उद्योग, खानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, कृषि, जडिबुटी, ऊर्जा, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न सरकारी, निजी र सहकारी क्षेत्रबीचको साझेदारीलाई सशक्त बनाउँदै समृद्धि, विकास र रोजगारी सृजनाको वातावरण तयार पार्ने उद्देश्य लिइएको छ।

nawajiwan

सम्मेलनको मूल नारा ‘सुदूरपश्चिमको सशक्तीकरण: लगानी, नवप्रवर्तन र उन्नति’ रहेको छ।