बाजुराको बाम्का बजारमा आगलागी, दर्जनभन्दा बढी पसलमा क्षति

Image
Nisarga Hospital

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। आगलागिको कारण हालसम्म खुलेको छैन।

CP Hospital Dhangadhi

स्थानीय स्रोतका अनुसार आगलागीले बजार क्षेत्रका दर्जनभन्दा बढी पसलमा क्षति पुर्‍याएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि लाखौंको क्षति भएको अनुमान गरिएको छ।

दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जनाइएको छ।

nawajiwan
Attariya Hospital

प्रहरी र स्थानीय प्रशासन घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। आगलागीको वास्तविक कारण र क्षतिको परिमाणबारे विस्तृत विवरण आउन बाँकी छ।

स्थानीयले सुरक्षित रहन र आगोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।